
लुम्बिनी प्रदेश सरकारमा बजेटको आकारका विषयमा सत्ता साझेदार दलबीच विवाद देखिएपछि प्रस्तुतिमा ढिलाइ भएको छ ।
विवादका कारण आइतबार दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भनिएको आर्थिक वर्ष २०८२/८३ को बजेट साँझ ५ बजेका लागि सारिएको थियो ।
तर ६ बज्दासमेत बजेट अझै शुरू भएको छैन ।
बजेटको आकारका विषयमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद देखिएको हो ।
स्रोतका अनुसार कांग्रेस र एमालेबीच बजेटको आकार ३३ अर्बभन्दा माथि नलैजाने तयारी थियो । तर मन्त्री र सांसदको दबाबमा ३८ अर्ब पुर्याउने तयारी भएपछि विवाद बढेको बताइएको छ ।