१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि रवि लामिछानेविरुद्ध पाँचौँ मुद्दासम्म

असार २, २०८२
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि रवि लामिछानेविरुद्ध पाँचौँ मुद्दासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आइतबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान ९(बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । 

कर्णाली प्रदेशले  ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको  छ । यसैगरी सुदूरपश्चिम प्रदेशले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । 

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ भने आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ । 

यस्तै बागमती प्रदेशले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट ल्याएको छ । 

मधेश प्रदेश कूल ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । 

यस्तै कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
००००
नेपाल क्यान मूभ प्राइभेट लिमिटेडले ६८ करोड ४४ लाख ५ हजार ७६० रुपैयाँ राजश्व छली गरेको भन्दै राजश्व अनुसन्धान विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

नेपाल क्यान मूभ प्रालि र यसका सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्योति, गंगाबहादुर भण्डारी, मणिरामप्रसाद आचार्य, मधु पौडेल र उप(कार्यकारी निर्देशक संगम पौडेलमाथि राजस्व छलीको मुद्दा दायर गरिएको हो ।
००००
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक जेठ ३१ र असार १ गते राजधानी काठमाडौंमा सम्पन्न भएको छ । 

दुई दिने बैठकले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा कूटनीतिक अवस्थामाथि गम्भीर छलफल गर्दै ११ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ।
००००
रुकुमको सांगीतिक यात्राका क्रममा अचानक स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएकी  गायिका रचना रिमाल अहिले डिस्चार्ज भएर घर फर्किएकी छन्। 

जेष्ठ २७ गतेको लागि तय सांगीतिक कार्यक्रममा सहभागी हुन जेष्ठ २६ गते रुकुम पुगेकी रिमालको स्वास्थ्य जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आइतबार अभियोगपत्र दर्ता भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार उक्त मुद्दामा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएको छ । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् ।

लामिछानेविरुद्ध रुपन्देहीसँगै कास्की, चितवन र काठमाडौंमा पनि सहकारी ठगी तथा संगठित अपराध मुद्दा दर्ता भएको छ । पर्सामा दायर भएको पाँचौ मुद्दा हो ।
००००
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आइतबार नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।
००००
रास्वपाको विरोध र नाराबाजीका बीच सभामुखले प्रतिनिधिसभा बैठक अगाडि बढाएपछि राप्रपाले संसद् बहिष्कार गरेको छ। आइतबार रास्वपाले भने निरन्तर संसदमा नाराबाजी गर्यो । 

salt training

कमेन्ट गर्नुहोस्