१६ असार २०८३, मंगलबार
प्रतिनिधिसभा बैठक

रास्वपाको शैलीप्रति एमाले सांसदको नियमापत्ति- बसेर विरोध गर्ने संसद् नियमावलीमा व्यवस्था छैन

असार २, २०८२
काठमाडौं
रास्वपाको शैलीप्रति एमाले सांसदको नियमापत्ति- बसेर विरोध गर्ने संसद् नियमावलीमा व्यवस्था छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद्को वेलमा बसेर विरोध गरेकोप्रति नेकपा एमालेका एक सांसदले आपत्ति जनाएका छन् । सभामुखको आशन अगाडि बसेर विरोध गर्नु संसदीय मर्यादा विपरीत भएको उनले आरोप लगाए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गर्दै संसद्‌भित्र बसेर विरोध गर्ने रास्वपाको शैलीप्रति आपत्ति जनाएका हुन् । गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग गर्दै रास्वपा सांसदले सेमबार संसद्‌मा नाराबाजी गरेका थिए । 

लामो समय नारावाजी गर्दा थाकेपछि रास्वपा सांसदहरू भुइँमै बसेर संसद्‌मा विरोध गरिरहेका थिए । संसद् नियमावलीमा बसेर विरोध गर्ने व्यवस्था नरहेको उन्दै उनले आपत्ति जनाए । 

‘संसद्‌भित्र विरोध गर्दा पनि संसदीय मर्यादा कायम गर्नुपर्छ । कसैले विरोध गर्न पर्‍यो भने उभिएर विरोध गर्ने नियमावलीमा व्यस्था छ’ पौडेलले भने, ‘सभामुखको आशनतर्फ चप्पल जुता खोलेर ध्यान गरेजस्तो विरोध गर्नु संसदीय मर्यादा भएन ।’

एमाले सांसदले मर्यादाको कुरा गरेपछि रास्वपा सांसदले बसीबसी नारा लगाएका थिए । पौडेलको नियमापत्ति लगत्तै सभामुखको आशनबाट उपसभामख इन्दिरा रानाले ‘ध्यानाकर्षण भएको’ बताइन् ।
 
रास्वपा सांसदहरूले आइतबार पनि संसद्‌मा नारबाजी गरेका थिए । नाराबाजी गर्दै थाके पनि सांसदहरू बसेका थिए । संसद्‌मा नाराबाजी गर्नुअघि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्ताधारी दलले आफूहरूलाई विरोध गर्न बाध्य पारेको बताए । 

सोमबारको बैठक राप्रपाले भने बहिष्कार गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्