२० असार २०८३, शनिबार

नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

असार २, २०८२
काठमाडौं
नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै सबइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सबइन्जिनियर दिपेन्द्रकुमार झा भनिने दिपेन्द्र कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनले शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार झाले सबइन्जिनियर पदमा करार नियुक्ति लिने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत पश्चिमाञ्चल क्याम्पस, पोखराबाट प्राप्त भएको देखाइ डिप्लोमा इन सिभिल इन्जिनियरिङको शैक्षिक प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रजस्ता कागजात पेश गरेका थिए । अनुसन्धानका क्रममा ती कागजात नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएर उनले सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्