१० साउन २०८३, आइतबार

कांग्रेस-एमालेबीच नखेल्नुस्, सरकार ढाल्ने योजना सफल हुँदैन– अर्थमन्त्री पौडेल

असार २, २०८२
काठमाडौं
कांग्रेस-एमालेबीच नखेल्नुस्, सरकार ढाल्ने योजना सफल हुँदैन– अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमालेबीच खेल्न खोज्ने विपक्षीको योजना पूरा नहुने बताएका छन् । 

सरकार ढल्छ भन्ने कोशिश सफल नभएको र फेरि पनि असफल हुने बताएका हुन् । 

‘अहिले सरकार ढल्छ भनेर नयाँ गीत गाइएको छ । उनीहरूको कोशिश कामयाव भएको छैन । बजेटमा पनि त्यस्तै कोशिश कायम राखेका छन्,’ बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले  भने, ‘बजेट एमालेलाई कांग्रेसजस्तो भयो, कांग्रेसलाई एमालेजस्तो भयो भनेर टिप्पणी गर्नुको अर्थ छैन ।'

उनले समय व्यर्थमा नफाल्न विपक्षीलाई आग्रह गरे ।

'कांग्रेस र एमालेबीच खेलेर व्यर्थमा समय खेर नफाल्नुस् । अरू नै रचनात्मक काममा लगाउनुस् । कांग्रेस–एमालेभित्र बजेटमा छिरेर २ दलबीच खेल्न नखोजे हुन्छ, त्यो हर्कत पूरा हुँदैन,’ पौडेलले थपे ।
 

salt training

कमेन्ट गर्नुहोस्