
तनहुँको बन्दीपुर गाउँपालिका–३ सेराटारका ५६ वर्षीय मंगले नेपालीको खुदी खोलामा डुबेर मृत्यु भएको छ । उनी वैशाख ३१ गते साँझ ६:३० बजेतिर घरबाट केही नभनी निस्किएपछि सम्पर्कविहीन भएका थिए ।
त्यसपछि प्रहरी र स्थानीय बासिन्दाले संयुक्त खोजतलास अभियान शुरू गरेका थिए । खोजतलासका क्रममा
सोमबार उनको शव खोलाको रहमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।
वैशाख ३१ कै दिन मंगलेले प्रयोग गर्ने कपडा र चप्पल खुदी खोलाको तानेको रहछेउमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी निरीक्षक तिलकबहादुर बमको कमान्डमा सोको टोलीसहित पाँच जनाको टोली परिचालन गरिएको थियो ।
प्रहरीले शवको प्रारम्भिक जाँच, मुचुल्का र अनुसन्धान प्रक्रिया सम्पन्न गरी पोष्टमार्टमपछि शव मृतकका आफन्तलाई जिम्मा लगाएको जनाएको छ ।