११ साउन २०८३, सोमबार
मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत

असार २, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण तय भएको छ । उनी आगामी असार १४ देखि २० गतेसम्म स्पेन भ्रमणमा जान लागेका हुन् । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । 

 स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन उनी त्यसतर्फ जान लागेको बताइएको छ । भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । 

यस्तै मन्त्रिपरिषद्ले सहसचिव डा खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्नेलगायतका निर्णय पनि गरेको ती मन्त्रीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्