२४ असार २०८३, बुधबार

महिला एकल कातामा एलिनालाई स्वर्ण

असार ४, २०८२
काठमाडौं
महिला एकल कातामा एलिनालाई स्वर्ण

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत् खेलकुद अन्तर्गत कराँतेको महिला एकल कातामा बुधबार स्वर्ण पदक जितेकी छन् । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गरिन् । 

उक्त स्पर्धामा नागार्जुन नगरपालिकाकी बन्दना तामाङ र आयोजक काठमाडौं महानगरपालिका-२६ की मिस्टी श्रेष्ठ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र पाँच–पाँच हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

महिला टिम कुमुतेमा सोनाम शेर्पा, समीक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामा सम्मिलित नागर्जुनको टोली पहिलो भयो । काठमाडौं महानगरपालिका-३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार सम्मिलित टोली दोश्रो भयो । 

गोकर्णेश्वरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना सम्मिलित टोली तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर सम्मिलित टोली संयुक्त रूपमा तेश्रो भए । पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार तथा तेश्रोले १०–१० हजार रूपैयाँ पुरस्कार पाए । 

यसैगरी, वृहत खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा नम्बर २६ र वडा नम्बर १३ सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौर खेल मैदानमा वडा २६ ले वडा १२ लाई ९–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । वडा १३ ले भने वडा नम्बर १४ लाई ४–३ गोलले हरायो ।

यसैगरी, वृहत् खेलकुदअन्तर्गत तेक्वान्दो बिहीबारदेखि शुरू हुनेछ । पुरुष र महिलातर्फ समान १०–१० स्पर्धा समावेश गरिएको तेक्वान्दोका संयोजक गौरव रजकले जानकारी दिए । प्रतियोगितामा २५९ जना खेलाडीको सहभागिता रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्