१४ असार २०८३, आइतबार

नयाँ दिल्ली हुँदै खाडीमुलुक जान लागेका चार महिलासहित पाँच जना पक्राउ

असार ४, २०८२
पर्सा
नयाँ दिल्ली हुँदै खाडीमुलुक जान लागेका चार महिलासहित पाँच जना पक्राउ
प्रतिकात्मक तस्वीर ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतीय नाका हुँदै खाडीमुलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमुलुक कुवेत र ओमन जान लागेका उनीहरूलाई पक्राउ गरेको हो ।

‘पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत् खाडीमुलुक जान लागेको बताएका छन्’, सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, ‘उनीहरुलाई भारत लैजान लागेको आशंकामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

सशस्त्र प्रहरीले इलामका दुईजना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानीसमेत फेला पारेको छ । सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर बुधबार नै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्