२४ असार २०८३, बुधबार

उखु किसानलाई दिइँदै आएको अनुदान रोकिनु आपत्तिजनक : शेखर कोइराला

असार ५, २०८२
काठमाडौं
उखु किसानलाई दिइँदै आएको अनुदान रोकिनु आपत्तिजनक : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले किसान विस्थापित हुने पक्का भएको बताएका हुन् । 

सोही क्रममा कोइरालाले सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन? भन्दै प्रश्नसमेत गरेका छन् । 

'उखु किसानलाई दुई दशक अघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ । चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का छ । कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?,' उनले लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्