२९ असार २०८३, सोमबार

इरानको आणविक रिएक्टरमा इजरायली आक्रमण

असार ५, २०८२
काठमाडौं
इरानको आणविक रिएक्टरमा इजरायली आक्रमण

इरानबाट प्रक्षेपित क्षेप्यास्त्रले इजरायलको केन्द्र तथा दक्षिणी भागका चार स्थानमा गम्भीर क्षति पुर्‍याएको छ । जसमा सोरोका अस्पताल पनि परेको बताइएको छ । 

त्यस्तै, इजरायली फौजले इरानको आराकस्थित हेभी वाटर आणविक रिएक्टरमा आक्रमण गरेको अलजजिराले जनाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य हस्तक्षेपबारे आफू अझै निर्णय प्रक्रियामा रहेको बताएका छन्।

इजरायलबाट इरानमा गरिएका आक्रमणमा हालसम्म मृत्यु हुनेको संख्या २४० नाघेको छ, जसमा करिब ७० महिला र बालबालिका रहेको बताइएको छ ।

इरानबाट इजरायलमा गरिएका आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्