
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समिर राज वाग्ले पक्राउ परेका छन् ।
नेपाल सरकार वादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत वैशाख १४ गते पक्राउ अनुमति दिएका उनी पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९, गौशालाबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका ३० वर्षीय वाग्ले गोरखाको शहीदलखन गाउँपालिका–८ बुङकोटका स्थायी बासिन्दा हुन् । उनी हाल चन्द्रागिरि नगरपालिका–१ दहचोकमा बस्दै आएका थिए ।
उनले ७ लाख ५० हजार बराबरको बैंकिङ ठगी गरेको अभियोगमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाएका छन् ।