
स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच चलिरहेको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
ग्लास्गोमा बिहीबार टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि नेदरल्यान्ड्सले ७ विकेट गुमाउँदै १७४ रन बनायो। ओपनर माइकल लेभिटले उत्कृष्ट प्रदर्शन गर्दै ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रन बनाए।
तर अन्य शीर्षक्रमका ब्याटरहरूले खासै योगदान गर्न सकेनन्। विक्रमजित सिंह शून्य, ज्याच लायन ६, कप्तान स्कट इडवार्ड २ र नाओ क्रोएस ५ रनमा पभेलियन फर्किए। पावरप्लेमा नै ४ विकेट गुमाएर नेदरल्यान्ड्सले ४५ रन मात्र जोडेको थियो।
तर, इनिङको अन्त्यतिर भान डेर मार्वी र आर्यन दत्तले पारी सम्हाले। मार्वीले २१ बलमा ४ चौका र १ छक्कासहित अविजित ३६ रन बनाए भने दत्तले १८ बलमा नटआउट १७ रन जोडे।
नेपालले अब जितका लागि १७५ रन बनाउनुपर्ने चुनौती छ।