२१ असार २०८३, आइतबार

रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

असार ६, २०८२
काठमाडौं
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम हटाएका छन् । 

प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साढे ११ बजे संसद् भवन पुगेका थिए । 

प्रतिनिधि सभाको बैठक शुरू भएपछि विगतमा जस्तै रास्वपा र राप्रपा सांसद उठेर विरोध जनाएका थिए । निलो रिबन भिरेर आएका रास्वपा सांसदले उभिएर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक बैठक सुचारु गर्न आग्रह गरेका थिए । 

राप्रपा र रास्वपा सांसदको अवरोध कायम रहेपछि सभामुख घिमिरेले ‘विशेष कारणबस’ भन्दै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको घोषणा गरे । त्यसपछि प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका छन् । 

प्रत्येक महिनाको पहिलो साता संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिँदै आएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्