२८ जेठ २०८३, बिहीबार

संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रमुख ३ दलका नेताबीच सिंहदरबारमा छलफल

असार ६, २०८२
काठमाडौं
संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रमुख ३ दलका नेताबीच सिंहदरबारमा छलफल

संक्रमणकालीन न्यायसम्बन्धी विषयमा प्रमुख ३ दलका नेताहरूबीच छलफल शुरू भएको छ ।

शुक्रबार दिउँसो २ बजे बस्ने भनिएको बैठक करिब १ घण्टा ढिलोगरी शुरू भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू सहभागी छन् । 

बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पनि सहभागी छन् । 

आजको बैठकमा सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्