
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको विद्युतीय सवारी साधन एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा अन्य १८ जना घाइते भएका प्रमुख पुरीले जानकारी दिए ।
मृतकहरू ईभी गाडीमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ । दुवै सवारी साधन घटनास्थलमा नै रहेकाले सडक दुवैतर्फ अवरोध भएको छ ।
घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
थप विवरण आउन बाँकी छ ।
