२३ जेठ २०८३, शनिबार

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

असार ७, २०८२
काठमाडौं
इरानमा रहेका नेपालीको उद्धार गरिँदै
फाइल फोटो

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ ।

भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् ।

इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।

परराष्ट्रमन्त्री राणाले भनिन्, 'इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौं ।'

भारतका लागि नेपाली राजदूत शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।​

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतावासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्