२८ जेठ २०८३, बिहीबार

खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ- मन्त्री यादव

असार ७, २०८२
काठमाडौं
खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ- मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 

शनिबार नागार्जुन नगरपालिका वडा नं–४, ५ र ६ स्थित भैरवटोल सितापाइला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकार नागरिकको स्वच्छ खानेपानीका अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध रहेको बताए । 

‘नागरिकहरूले स्वच्छ खानेपानी र सरसफाइका लागि ठूलो अपेक्षा राख्नुभएको छ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो मन्त्रालय नागरिकहरूको अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध छ’, मन्त्री यादवले भने । 

स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोही अनुरूप, खानेपानी मन्त्रालय यस्ता आधारभूत सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न  निरन्तर प्रयत्नशील रहेको उनले जानकारी दिए । 

मन्त्री यादवले खानेपानी सेवाको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय आवश्यक रहेको औंल्याए । उनले स्थानीय उपभोक्ता समितिहरूलाई अझ सशक्त बनाउँदै खानेपानी सेवा व्यवस्थापनमा उनीहरूको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । 

आगामी वर्षमा देशका प्रमुख शहर तथा ग्रामीण क्षेत्रहरूमा खानेपानी योजना विस्तार, शुद्धीकरण संयन्त्रहरू स्थापना, पाइपलाइन विस्तार र भूमिगत जल स्रोत संरक्षणका कार्यक्रमहरू अघि बढाइने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्