३० असार २०८३, मंगलबार
मध्यपूर्वमा बढ्दो तनाब

इरान-इजरायल युद्धमा सहभागी नहुन ट्रम्पलाई इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

असार ८, २०८२
काठमाडौं
इरान-इजरायल युद्धमा सहभागी नहुन ट्रम्पलाई इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धमा नजान चेतावनी दिएका छन् ।

उनले टेलिग्राममा पुरानो टेलिभिजन वक्तव्य पुनः सार्वजनिक गर्दै अमेरिका यदि इरानसँगको जारी तनावका बीच युद्धमा होमियो भने त्यसको ‘गम्भीर नतिजा’ भोग्नुपर्ने चेतावनी दिएका छन् । 

खामेनीले भिडियो सन्देशमा भनेका छन्, ‘अमेरिका यदि यो युद्धमा प्रवेश गर्छ भने, त्यसले भोग्ने क्षति इरानले भोग्ने सम्भावित क्षतिभन्दा धेरै गम्भीर र गहिरो हुनेछ ।’

इरान–इजरायल द्वन्द्व चर्किरहेका बेला अमेरिका तनावलाई नियन्त्रणमा राख्ने प्रयासमा देखिए पनि खामेनीको यो चेतावनीले परिस्थिति थप जटिल बन्ने संकेत दिएको छ । 

पछिल्ला दिनमा इरानले इजरायली लक्ष्यमा मिसाइल आक्रमण गरेको छ ।

नेपाली समय अनुसार आइतबार बिहान मात्र अमेरिकाले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको जनाइएको छ । 

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले फोर्डो, नतांज र इस्फहान आणविक केन्द्रमा आक्रमण गरेको छ । 

यसअघि खामेनीले इरानको सार्वभौमिकता र सुरक्षामाथि आक्रमण भएमा कडा प्रतिरोध हुने बताउँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्