२९ असार २०८३, सोमबार
मनसुनी वायुको प्रभाव

देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

असार ९, २०८२
काठमाडौं
देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा, दिउँसो तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा राति ठूलो पानी परेको छ । तर, अहिले भने काठमाडौंमा अहिले पानी पर्न रोकिएको छ । मध्यरातको वर्षाले काठमाडौंको विष्णुमती, बागमती र धोबीखोलामा बाढी आए पनि अहिले घटेको छ ।

देशका अरू केही ठाउँमा भने पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा भेलबाढी आउनेगरी ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

वर्षाका कारण आकस्मिक बाढी आउन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्