०१ असार २०८३, सोमबार

उपत्यकावासीको धारामा आउन छाड्यो पानी

असार ९, २०८२
काठमाडौं
उपत्यकावासीको धारामा आउन छाड्यो पानी

 काठमाडौँ उपत्यकावासीको धारामा मेलम्चीको पानी वर्षभरि नै आउने, चौबिसै घण्टा आउने जस्ता प्रतिबद्धता सम्बन्धित मन्त्रालय र निकायबाट पटक पटक गरिए पनि धेरै उपभोक्ताका धारामा हप्तौँदेखि पानी आएको छैन ।

ललितपुरको बगलामुखी, सानेपा, झम्सिखेल, बखुन्डोलवरपरका क्षेत्रमा मेलम्चीको पानी नआएको डेढ हप्ताभन्दा बढी भइसकेको उपभोक्ताको गुनासो छ । काठमाडौँको तीनकुने, बत्तिसपुतली, कोटेश्वरको सुविधानगर, नरेफाँट, जडीबुटी क्षेत्रलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी नआएको पनि हप्ता नाघिसकेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्