३१ जेठ २०८३, आइतबार

रुकुम पश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

असार ९, २०८२
रुकुम पश्चिम
रुकुम पश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा  गणेशा एक्कासी बेहोस भएकी थिइन् । 

तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्