२१ जेठ २०८३, बिहीबार

कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो

असार ९, २०८२
काठमाडौं
कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको जानकारी दिएका हुन् ।

'२०८२ असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भनिएकोमा विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिउँसो १ बजे बस्ने भएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्