२१ जेठ २०८३, बिहीबार

२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

असार ९, २०८२
काठमाडौं
२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापामा २८ वर्षीय एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादव रहेका छन् । उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

हरदेवले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्