३० जेठ २०८३, शनिबार

कपिलवस्तुमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, चालक फरार

असार ९, २०८२
बुटवल
कपिलवस्तुमा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, चालक फरार

कपिलवस्तुको कपिलवस्तु नगरपालिका- ८ दोहनीमा ट्याक्टर पोखरीमा खस्दा २ जनाको मृत्यु भएको छ ।

नम्बर नखुलेको ट्याक्टर सोमबार दिउँसो पोखरीमा डुब्दा वडा नम्बर ८ पश्चिम बेलौहाका २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसहित ६ जना रहेको ट्याक्टर चिप्लिएर पोखरीमा खसेको थियो ।

ट्याक्टरमा च्यापिएका दुई महिलासहित अन्य ५ जनालाई उद्धार गरी उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो ।

दुई महिलाको मृत्यु भएको र ट्याक्टरमा रहेका अन्य ३ जनाको अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

ट्याक्टर चालक भने अहिले फरार रहेका छन् ।

ट्याक्टर पोखरी मै डुबेकाले नम्बर अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धान र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्