
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७८ को विन्दुमा कायम भएको हो ।
यसदिन बजारमा १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयरको खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रूपैयाँको कारोबार भएको छ ।
सोमबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक घाटामा ब्यहोरेका छन् । जहाँ यस कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा भने राधी विद्युत् कम्पनी ५२ करोड १८ लाख ५९ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पुँजीकरण ४३ खर्ब ३३ अर्ब रूपैयाँ बढी रहेको छ ।