०६ साउन २०८३, बुधबार

विदेश पढ्न जाने विद्यार्थीका लागि मुक्तिनाथ विकास बैंकको सेवा, भिसादेखि पीटीईसम्मका शुल्क भुक्तानी गर्न सकिने

असार ९, २०८२
काठमाडौं
विदेश पढ्न जाने विद्यार्थीका लागि मुक्तिनाथ विकास बैंकको सेवा, भिसादेखि पीटीईसम्मका शुल्क भुक्तानी गर्न सकिने

मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट तिर्न सकिने सेवाको शुरूआत गरेको छ । 

एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रालि महाराजगञ्ज र मुक्तिनाथ विकास बैंकबीच सम्झौतापछि शैक्षिक शुल्क भुक्तानीसम्बन्धी कार्यको शुरूआत गरिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूले भिसा फी, स्याट एसईभीआईएस फी, एप्लीकेसन फी, जीएमएटीलगायतको शैक्षिक शूल्कहरू मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने छन् । यो सेवा हालको लागि  बैंकको महाराजगञ्ज शाखा र कमलादी शाखा कार्यालयमा उपलब्ध छ ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको सूचना अधिकारी गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्