१७ असार २०८३, बुधबार

वैदेशिक रोजगारीको नाममा ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

असार ९, २०८२
काठमाडौं
वैदेशिक रोजगारीको नाममा ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर युवाहरूलाई ठगी गरेको आरोपमा गोरखा घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २९ वर्षीय राजेश बरामलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार बरामले चार जना बेरोजगार युवायुवतीलाई आकर्षक तलब पाइने भन्दै अल्बानिया हुँदै ग्रिस पठाउने बहानामा विदेश नपठाइ सम्पर्कविहीन भएका थिए । 

पीडितले दिएको जाहेरीका आधारमा गरिएको अनुसन्धानपछि उनलाई आइतबार काठमाडौं महानगरपालिका-१६, सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका बराम गोरखा जिल्लाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थायी बासिन्दा हुन् । हाल उनी काठमाडौं महानगरपालिका–२६, गल्कोपाखामा बस्दै आएका थिए।

उनले पीडितहरूबाट कूल ३७ लाख रूपैयाँ लिएको जाहेरी परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्