
पर्वतमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिहादी गाउँपालिका- ६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विक छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, गुल्मीमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इस्मा गाउँपालिका- ३ बस्ने ३६ वर्षीय गोरबहादुर सुनार पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
गोरबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।