
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- २६ गल्कोपाखा बस्ने गोरखा वारपाक सुलिकोट गाउँपालिका- ४ घर भएका २९ वर्षीय राजेश बराम छन् । उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजेशले ग्रिस पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।