११ साउन २०८३, सोमबार
भिजिट भिसा प्रकरण

बैरागी नेतृत्वको छानबिन समितिप्रति रास्वपाको आपत्ति, संसदीय छानबिन या जाँचबुझ आयोग माग

असार १०, २०८२
काठमाडौं
बैरागी नेतृत्वको छानबिन समितिप्रति रास्वपाको आपत्ति, संसदीय छानबिन या जाँचबुझ आयोग माग
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा र अध्यागमन सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिप्रति आपत्ति जनाएको छ । 

मंगलवार प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर रास्वपा सांसद स्वर्णिम वाग्लेले शंकरदाश बैरागी संयोजकत्वको समिति गठनप्रति आफूहरूको सहमति नरहेको बताएका हुन् । 

उनले संसदीय छानबिन समिति या जाँचबुझ आयोग ऐनअनुसार पूर्व या बहालवाला न्यायाधीशको संयोजकत्वमा छानबिन आयोग गठन गर्नुपर्ने बताए ।

वाग्लेले भिजिट भिसाका नाममा भएको बद्मासी गम्भीर कुशासन र अपराध भएकोले बैरागी नेतृत्वको छानबिन समितिले काम गर्न नसक्ने दाबी गरे । राप्रपाका ज्ञानेन्द्र शाहीले पनि समितिले काम गर्न नसक्ने बताए । 

सोमवार मन्त्रिपरिषद् बैठकले बैरागीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिको कार्यादेशबारे गृहमन्त्री रमेश लेखकले सदनमा जानकारी गराउँदै समितिले दिने सुझाव सरकारले अक्षरांश कार्यान्वयन गर्ने बताएका थिए । 

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपालगायत विपक्षी दलले जेठ १३ देखि संसदमा विरोध गर्दै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्