
पोखरा, २१ मंसिर–संस्कृतिकर्मी रुपेनबावु थापाको गएराति निधन भएको छ ।
उनी ६४ वर्षका थिए । पोखरा–लेखनाथ महानगरपालिका–१ सिम्पानी निवासी थापा लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।
थापाले हिमाली सांस्कृतिक परिवारको नृत्य प्रशिक्षक तथा विभिन्न संघसंस्थामा रही काम गरेका थिए । उनका श्रीमती एक छोरा र एक छोरी छन् । थापाको आजै सेती नदीको किनारमा दाहसंस्कार गरिनेछ ।