३० जेठ २०८३, शनिबार

मधेशका मुख्यमन्त्री भन्छन्- शिक्षाको अवस्था चिन्ताजनक

असार ११, २०८२
धनुषा
मधेशका मुख्यमन्त्री भन्छन्- शिक्षाको अवस्था चिन्ताजनक
फाइल तस्वीर

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् । मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा सङ्घीय सरकारको पनि उत्तिकै भूमिका रहने बताए । 

प्रदेशका शिक्षक र शिक्षिका जनताप्रति समर्पित, जवाफदेही र बफादार हुँदै  काम, कर्तव्य निर्वाह गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरूले राजनीति छाडेर आफनो पेसाप्रति इमान्दार भए अध्यापन गराउन आग्रह गरिन् । प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले मधेशको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी जिम्मेवार भएको बताए । 

प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेशको शिक्षाको सुधारका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै तीन वटै तहका सरकार मिलेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।


 

salt training

कमेन्ट गर्नुहोस्