२४ जेठ २०८३, आइतबार

एमपीएका नक्कली परीक्षार्थी पक्राउ

असार ११, २०८२
काठमाडौं
एमपीएका नक्कली परीक्षार्थी पक्राउ

कुलेश्वरमा रहेको जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने वर्ष २६ वर्षीय केशव रोकाया रहेका छन् । 

उनलाई मंगलबार प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

रोकायामाथि आवश्यक अनुसन्धान तथा कारबाही गरिदिन हुन भन्दै जनप्रशासन क्याम्पसले प्रहरीलाई पत्राचार गरेको थियो ।

पक्राउ परेका रोकायामाथि शिक्षा सम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच)को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ  ।   

salt training

कमेन्ट गर्नुहोस्