०६ साउन २०८३, बुधबार

एमालेको समीक्षा : एक वर्षमा सरकारको काम सन्तोषतजक, कांग्रेससँग बलियो समझदारी

असार ११, २०८२
काठमाडौं
एमालेको समीक्षा : एक वर्षमा सरकारको काम सन्तोषतजक, कांग्रेससँग बलियो समझदारी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष सन्तोषनजक रहेको निष्कर्ष निकालेको छ । 

बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सरकारका काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘गत वर्ष असार ३१ गते अर्थतन्त्रलाई गति दिने, नागरिकको निराशा चिर्ने संकल्पसहित बनेको दुई दल र अन्य साना पार्टीसहितको सरकारको एक वर्ष पूरा हुन लागेको छ । एक वर्षमा समग्र अवस्था सन्तोषजनक रहेको निष्कर्ष हामीले निकालेका छौं,’ ज्ञवालीले भने, ‘यसबीच राजनीतिक स्थायित्वको आधार बलियो भएको छ । सरकारका बारेमा अनेकौं हल्ला चलाइए । तर, दुई पार्टी समझदारी बलियो बन्दै गएको छ ।  अर्थतन्त्रले लय समातेको छ ।’

विरोधका स्वर सडकमा भए पनि सम्बोधन हुँदै गएको उनले बताए । यद्यपि, सुशासन र सेवा प्रवाहमा ध्यान दिनुपर्ने अवस्था देखिएको ज्ञवालीले बताए । समग्रमा एक वर्ष सफल र प्रभावकारी भएको निष्कर्ष निकालिएको एमालेले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्