
इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट क्रिकेट जुलाई २ तारिखदेखि बर्मिङ्घममा शुरू हुँदैछ ।
पाँच टेस्टको शृंखलामा घरेलु टोली इङ्ल्यान्ड १–० ले अगाडि छ । शृंखलाको पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई पाँच विकेटले हराएको थियो ।
यसैबीच, भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटका लागि तीव्र गतिका प्रभावशाली बलर जोफ्रा आर्चर पनि इङ्ल्यान्डको टोलीमा सहभागी हुने भएका छन् । आर्चर चार वर्षपछि इङ्ल्यान्डको टेस्ट टोलीमा फर्कन लागेको समाचारमा जनाइएको छ ।
आर्चरले आफ्नो अन्तिम टेस्ट पनि चार वर्षअघि सन् २०२१ मा भारतविरुद्ध नै खेलेका थिए । आर्चरको आगमनले घरेलु टोली उत्साही बनेको छ ।
घरेलु मैदानमा आर्चरको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ ।
३० वर्षीय आर्चरले हालसम्म १३ टेस्ट खेल्दै ४२ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने ४५ रन खर्चिएर ६ विकेट हो ।