
रौतहट र ललितपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
रौतहटको गौर नगरपालिका-१ भन्सार कार्यालय अगाडिबाट नियन्त्रित लागूऔषध नुर्फिन ५० एम्पुल, सेरेज्याक ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित स्याङ्जाको हरिनास गाउँपालिका-४ बस्ने ३१ वर्षीय निल कुमार थापा मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
यसैगरी, ललितपुरको गोदावरी नगरपालिका-११ झररासी मोडबाट अवैध लागूऔषध गाँजा २ किलो ३ सय ८० ग्रामसहित बाग्मती गाउँपालिका-२ माल्टा बस्ने २९ वर्षीय नविन दाहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।