११ साउन २०८३, सोमबार

सानेपामा १ रोपनी ३ आना जग्गा र ३ तले घर १३ करोडमा किन्दै कांग्रेस

असार १३, २०८२
काठमाडौं
सानेपामा १ रोपनी ३ आना जग्गा र ३ तले घर १३ करोडमा किन्दै कांग्रेस

नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसरसँगै जोडिएको एक रोपनी तीन आना जग्गा किन्ने सम्झौता गरेको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा परिरसँगै जोडिएको घरसहितको जग्गा कांग्रेसले १३ करोड रुपैयाँमा किन्ने गरी सम्झौता गरेको हो । 

कांग्रेस केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने गरी कार्यालय अगाडिपट्टि १९ आना थप गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालयले विज्ञप्तिमा भनेको छ, ‘ललितपुर निवासी श्री अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ । निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्