२९ असार २०८३, सोमबार

लक्ष्मी सन्‌राइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन तथा दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

असार १३, २०८२
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन तथा दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग रणनीतिक परामर्शको साझेदारी गरेको छ । 

सम्झौता पत्रमा लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group–Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालनसम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुई मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्नेछ ।

साझेदारीले लक्ष्मी सन्‌राइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्