१० साउन २०८३, आइतबार

आजको दिन नेपाली इतिहासमा ऐतिहासिक एवं गौरवपूर्ण दिन हो :उपराष्ट्रपति पुन

मंसिर २१, २०७४
आजको दिन नेपाली इतिहासमा ऐतिहासिक एवं गौरवपूर्ण दिन हो :उपराष्ट्रपति पुन

 

काठमाडौँ, २१ मंसिर– उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन उल्लासमय वातावरणमा महोत्सवका रुपमा सम्पन्न भएकामा खुशी लागेको बताउनुभएको छ । 

उपराष्ट्रपति पुनले आज सम्पन्न भएको मतदानपछि सन्देश दिँदै भन्नुभएको छ, “आजको दिन नेपाली इतिहासमा ऐतिहासिक एवं गौरवपूर्ण दिन हो । उहाँले लामो समयदेखिको राजनीतिक संक्रमणकाल पूर्णरुपमा अन्त्य भई राजनीतिक स्थायित्व आरम्भ भएको, देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको तथा संविधानको पूर्ण कार्यान्वयन प्रक्रिया शुरु भएकामा खुशी व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनमा सहभागी भएर आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्नुभएको छ । 

निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकामा उपराष्ट्रपतिले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिँदै संविधान कार्यान्वयनका लागि राजनीतिक दल र त्यसका शीर्ष नेतृत्वले खेलेको ऐतिहासिक भूमिकाको सराहना गर्नुभएको छ । 

राजनीतिक परिवर्तनकारी संघर्ष र संविधानको कार्यान्वयनमा जस्तै समृद्ध नेपाल निर्माणमा पनि राजनीतिक दलहरु संविधानभित्र रही आपसी सहमति र सहकार्यका माध्यमबाट अगाडि बढ्ने विश्वास उपराष्ट्रपतिले व्यक्त गर्नुभएको छ । 

salt training

कमेन्ट गर्नुहोस्