२० असार २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

असार १६, २०८२
रुकुम पश्चिम
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा परी सिस्ने गाउँपालिका–३ पोखराका ४५ वर्षीय  दलप्रसाद सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए । 

धाउनेबाट पोखरातर्फ जाँदै गरेको रा ३ प ४५३४ नं को मोटरसाइकल अनियन्त्रित भई तातोपानीस्थित भित्रि कच्ची सडक खण्डमा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडि बसेका ३६ वर्षीय उपेन्द्र खत्री घाइते भएका छन् । उनको  ढाड र हातको औँलामा चोट लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्