२८ जेठ २०८३, बिहीबार

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने

असार १७, २०८२
काठमाडौं
एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने

एनसेलले अब ९७१ बाट शुरू हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिम वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जका नम्बर वितरण गर्न अनुमति प्रदान गरेको थियो । प्राधिकरणले एनसेलका लागि जारी गरेको ९८०, ९८१, ९८२, ९७० नम्बर रेन्ज अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको हो ।

यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरूप जारी भएको हो ।

दूरसञ्चार सेवाहरू बाहेक विभिन्न महत्त्वपूर्ण कामहरू जस्तै: वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूलाई यो नयाँ नम्बर रेन्जलाई हाल सञ्चालनमा रहेका अन्य रेन्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्