१० साउन २०८३, आइतबार

हेटौंडामा झडप, अस्पताल हिँडेका पत्रकार प्रहरीबाट कुटिए

कात्तिक २०, २०७४
हेटौंडामा झडप, अस्पताल हिँडेका पत्रकार प्रहरीबाट कुटिए
काठमाडौं, ६ माघ– सडक बिस्तारका क्रममा स्थानीयका घर भत्काउन थालेपछि विहिबार हेटौंडा बजारमा झडप भएको छ ।
पूर्व पश्चिम राजमार्ग र त्रिभूवन राजपथको दायाँ बायाँ २५–२५ मिटर बाटो बिस्तार गर्न लागेपछि हेटौंडाका स्थानीय केही दिनदेखि आन्दोलित भएका हुन् ।
बाटो बिस्तारको बिरोधमा उत्रिएका स्थानियले सोमबारदेखि बजार बन्द गराएका थिए । सडक विभागले पटक पटक बाटो बिस्तारमा सहयोग गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि बिहिबार प्रहरीले सामान्य बल प्रयोग गरेपछि दोहोरो झडप भएको हो । झडपका कारण अपरान्ह आंशिक रुमपा खुलेको हेटौंडा बजार पुन बन्द भएको छ ।
यसैबीच प्रहरी र स्थानिय बिच भएको झडपका क्रममा रेडियो निकासका कोषाध्यक्ष तथा रेडियोका संवाददाता अर्जुन सन्जेललाई प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा लिएको छ ।
आफ्नो छोरा बिरामी भएर उपचारका लागि पारीजातपथमा रहेको सफल फार्मेसीमा जांदै गर्दा बुद्धचोक नजिकै प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा समेत लिएको हो । सन्जेलले आफू संचारकर्मी रहेको र आफू छोरा बिरामी भएर उपचारका लागि जान लागेको बताउदा बताउदै डिउटीमा खटिएका प्रहरीहरुले अन्धाधुन्ध कुटपिट गर्दै नियन्त्रणमा लिएका थिए ।
प्रहरीको कुटाइबाट सन्जेलको निधारमा चोट लागेको छ ।
करिब २ बजेतिर समातिएका सन्जेल सांझ ५ बजे पत्रकार महासंघका उपाध्यक्ष अधिकारीको पहलमा छुटेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्