०६ साउन २०८३, बुधबार

लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

असार १७, २०८२
रूपन्देही
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठकमा आगामी आर्थिक वर्ष २०८२\०८३ को सैद्धान्तिक छलफल सकिएको छ । 

मङ्गलवार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२\०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य विष्णु पन्थी, कनैया बनिया, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए । 

बैठकमा आर्थिक मामिला मन्त्री कार्कीले आर्थिक वर्ष २०८२\०८३ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक सभामा पेस गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्