२८ जेठ २०८३, बिहीबार

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

असार १७, २०८२
मकवानपुर
करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

 हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा आज साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् ।

विद्युत्को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्को तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनको श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र उनको नातिनी एक वर्षीया श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

घाइते तीनै जनालाई हेटौँडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्