२८ जेठ २०८३, बिहीबार

युभेन्टसविरुद्ध कठिन जीत निकाल्दै रियल क्लब विश्वकपको क्वार्टरफाइनलमा

असार १८, २०८२
काठमाडौं
युभेन्टसविरुद्ध कठिन जीत निकाल्दै रियल क्लब विश्वकपको क्वार्टरफाइनलमा

स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको हार्ड रक रंगशालामा मंगलबार राति इटालीको युभेन्टसविरुद्ध १-० को कठिन जीत निकाल्दै रियल क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

गोन्जालो गार्सियाले दोस्रो हाफमा गरेको एकमत्र गोल रियाललाई जीत दिलाउन पर्याप्त बन्यो । उनले ५४औं मिनेटमा ट्रेन्ट अलेक्सजेन्डर आर्नोल्डको पासलाई पोस्टको दिशा दिएका थिए ।

खेलमार्फत् फ्रेन्च फरवार्ड किलियन एमबाप्पे रियालको टोलीमा फर्किएका छन् । उनी ६८औं मिनेटमा गोलकर्ता गार्सियाको स्थानमा मैदान छिरेका थिए ।

स्वस्थ्यमा समस्या आएपछि एमबाप्पेले समूह चरणका तीन वटै खेल गुमाएका थिए ।

अब रियालले सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमन्ड र मोन्टेरेबीचको विजेतासँग खेल्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्