०२ असार २०८३, मंगलबार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

असार १८, २०८२
बुटवल
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको १६औं बैठकमा बजेटका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ । 

बुधवार दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहगत छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

मंगलबार राति साढे ८ बजे बसेको प्रदेश सभाको १५ औं बैठकले ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको थियो । 

साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुंगिएको सभामा जानकारी गराएका थिए । १४औं बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बहिष्कार गरेका थिए । 

तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछि सदन अघि बढेको थियो । जुन बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । बजेटमाथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्याउन माग राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्