२८ जेठ २०८३, बिहीबार

कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ

असार १८, २०८२
काठमाडौं
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ

कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र पक्राउ परेका छन् ।

मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी युवराज खड्काले बताए ।

मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार उनी पराजित भएका थिए।

मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए । कर्णाली विकास बैंकमा २ अर्ब ५० करोडभन्दा बढी रकम हिनामिना भएको निष्कर्ष ब्यूरोको छ ।

सोही प्रकरणमा प्रहरीले यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो।

उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमेत थिए । 

उनलाई ब्यूरोको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट गत जेठमा पक्राउ गरेको थियो । मिश्र भने फरार रहँदै आएका थिए।

salt training

कमेन्ट गर्नुहोस्