२९ असार २०८३, सोमबार

५२ पदाधिकारी : कहिले को नियुक्त ?

असार १९, २०८२
काठमाडौं
५२ पदाधिकारी : कहिले को नियुक्त ?

दुई तिहाइभन्दा बढी कार्यकाल पूरा भइसकेपछि संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ ।

संवैधानिक परिषद्ले दुई चरणमा ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । सोही अनुसार दुई चरणमा ५२ जना पदाधिकारी नियुक्ति भएका थिए । २०७७ माघ २१ मा विभिन्न ११ आयोगमा पदाधिकारी नियुक्त भएका थिए । अख्तियार दुरुपयोग अनसन्धान आयोगमा प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द नियुक्त भएका थिए । यस्तै निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर, मानव अधिकार आयोगमा तपबहादुर मगर, डा. सूर्यप्रसाद शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली बस्न्यात नियुक्त भएका थिए । 

प्राकृतिक स्रोत तथा वित्त आयोग जुद्धबहादुर गुरुङ र अमरराज मिश्र नियुक्त भएका थिए । महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा नियुक्त भएका थिए । राष्ट्रिय दलित आयोगमा देवराज विश्वकर्मा, मीनादेवी सोब, टुञ्जे कामी र मेहेले पार्की नियुक्त भएका थिए । सोही निर्णयका आधारमा राष्ट्रिय समावेशी आयोगमा रामदत्त जोशी र हरिदत्त जोशी नियुक्त भएका थिए । यस्तै सोही निर्णय अनुसार आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापामगर, मीनबहादुर श्रीस, रिना राना र शरण राई नियुक्त भएङ्का थिए । यस्तै मधेशी आयोगमा जीवछ साह, रेणुदेवी साह र विजयकुमार गुप्ता नियुक्त भएका थिए । थारू आयोगमा सुबोधसिंह थारू र भोलाराम चौधरी नियुक्त हुनुभएको थियो । मुस्लिम आयोगमा महमद्दिन अली र मिर्जा अर्सद बेग नियुक्त भएका थिए ।

संवैधानिक परिषद्को सिफारिस अनुसार २०७८ असार १० गतेको पुनः २० जनाको नियुक्ति भएको थियो । परिषद्को निर्णय अनुसार अख्तियारमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका थिए । लोक सेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी र सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी नियुक्त भएका थिए । सोही मितिमा निर्वाचन आयोगमा सगुनशमशेर जबरा, प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपीनराज निरौला नियुक्त भएङ्का थिए । राष्ट्रिय महिला आयोगमा जया घिमिरे, सावित्रीकुमारी शर्मा र सुन्दर पुर्कुटी नियुक्त भएका थिए । समावेशी आयोगमा डा. रामकृष्ण तिमल्सेना, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त भएका थिए । आदिवासी जनजाति आयोगमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगमा आभा कुमारी, थारू आयोगमा उमाशङ्कर चौधरी र शान्ति मोदी र मुस्लिम आयोगमा मोहम्मद समसुल हक नियुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्