
काठमाडौं २१ मंसिर– मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजाले यसअघि संसदमा पहिलो दलको रुपमा रहेको नेपाली कांग्रेस तेस्रो दल बन्ने संकेत देखिएको छ । पहिलोे चरणमा निर्वाचन भएका जिल्लामा जारी मतगणनामा कांग्रेसको स्थिती नाजुक देखिएको छ ।
३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको मतगणनामा अधिकाशं स्थानमा वामपन्थी गठबन्धनको अग्रता देखिएको छ । जारी मतगणनामा नेकपा एमाले पहिलो बन्ने संकेत देखिएको छ भने दोस्रोमा माओवादी केन्द्र देखिएको छ । नेपाली कांग्रेसले ५ ठाउँमा मात्र झिनो मतअन्तरले लिड गरिरहेको देखिएको छ ।
पहिलो चरणमा निर्वाचन सम्पन्न भएका स्थानमा कांग्रेसले ७ देखि १२ सिट जित्ने आकलन गरेको थियो । तर स्थिती कांग्रेसले अपेक्षागरे विपरित देखिएको छ ।
दोस्रो चरणमा निर्वाचन भएका क्षेत्र र खासगरी तराइका जिल्लामा धेरै सिट जित्ने कांग्रेसको दावी छ । निर्वाचनको प्रारम्भिक नजिताले विगतमा कांग्रेसका गढ मानिएका क्षेत्रमा पनि यसपटक कांग्रेस कमजोर देखिएको छ ।
समानुपातिक तर्फ भने कांग्रेसले माओवादीले भन्दा धेरै सिट जित्ने सम्भावना छ ।